दुर्घटनामा एक जनाको मृत्यु/पाँच घाइते

kailaliधनगढी, ९ बैशाख । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको पहलमानपुर–१ मा सोमबार टयाक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर पाँच जना गम्भीर घाईते भएका छन् ।
मृत्यु हुनेमा रामशिखरझाला–२ का बालकृष्ण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको से.१ प ४४१४ नम्बरको टयाक्टर दुर्घटना हुँदा रामशिखरझाला–२ का शेरबहादुर रावल, वीरबहादुर सार्की , प्रकाश सार्कीलगायत घाईते भएका हुन् ।

प्रतिक्रिया