बर्दियामा ‘गन्धक’सहितका सामान बरामद

bardiyaमोरङ, ९ वैशाख । मोरङ र बर्दियामा प्रहरीले अबैध हतियार सहित पाँच जनालाई पक्राउ गरेको छ ।
बर्दीया जिल्लामा प्रहरीले कालिका­-१, बकटिया टोलबाट हतियार सहित चार जनालाई पक्राउ गरेको हो । गाउँ सर्च गर्ने क्रममा आज विहान करिव एक बजे स्थानीय बीरबहादुर थापा, हरिबहादुर सुनार, दल बहादुर गन्र्धव र कल्लु थारुलाई एकथान नलकटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट २ राउण्ड गोली, गन्धक ५ किलो, बिभिन्न ब्यक्तिका नागरिकता १९ थान, रसिद प्याड तथा बन्दोबस्तीका सामानसमेत बरामद भएको छ ।
उता, मोरङको पथरी­५, आईतबारेका २९ बर्षीय लक्ष्मीबहादुर घिसिङलाई प्रहरीले हतियारसहित पक्राउ गरेको जनाएको छ । उनको साथबाट अमेरिकामा बनेको ६ राउण्ड गोलीसहित रिभल्वर बरामद भएको थियो ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले आईतबार राति घिसिङको घर खानतलासी गर्दा कार्टुन भित्र लुकाई छिपाई राखेको अवस्थामा रिभल्वर बरामद भएको थियो ।

प्रतिक्रिया