‘नेकपा–माओवादी नआए पनि निर्वाचन हुँन्छ’

agni sapkotaकाठमाडौं, ९ वैशाख । एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले नेकपा–माओवादी सहमतिमा नआए पनि निर्वाचन हुँने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा सापकोटाले नेकपा–माओवादी समयको प्रवाहसँगै अगाडि नबढे ईतिहासमा लोप भएर जाने चेतावनी दिए । ‘उच्चस्तरीय राजनीतिक समिति निर्वाचनको वातावरण बनाउन सरकारको ‘ब्याकअप’को रुपमा रहेकाले समिति खारेज हुँन सक्दैन,’ उनले भने ।
उनले आवस्यक्ता अनुसार समितिलाई विस्तार गर्न सकिने बताए । ‘नेकपा–माओवादीले समितिको खारेजीको माग गरेर निर्वाचन नहोस भन्ने षड्यन्त्रमा लागेको छ,’ उनले भने ।

प्रतिक्रिया