कम सुते चाँडै मरिन्छ

Nidraसन् २०१० मा पचासदेखि ७० वर्ष उमेरसमूहका केही वृद्धाबीच एक सर्वेक्षण गरियो । जसबाट दैनिक ५ घन्टाभन्दा कम वा साढे ६ घन्टाभन्दा बढी निदाउने महिला कम बाँचेका पत्ता लाग्यो । जो मान्छे ६ घन्टाभन्दा कम निदाउँछ, उसलाई आन्तरिक शारीरिक जलनजस्ता विभिन्न समस्या पनि उब्जिएका भेटिए ।
निद्राले मानिसलाई आराम महसुस गराउँछ । थकान हटाउँछ । मानिसहरू आँखामुनि कालो घेरा देखिनुलाई निद्रा कम भएको संकेतका रूपमा हेर्छन्, यो केही हदसम्म साँचो पनि हो । तर, निद्राको महत्त्व केवल तपाईंको मुड राम्रो राख्न र आँखामुनिको कालो घेरा हटाउनमा मात्र सीमित छैन । पर्याप्त निद आफँैमा स्वस्थ जीवनशैलीको पनि एउटा महत्त्वपूर्ण हिस्सा हो । जसबाट तपाईंको हृदय, तौल तथा मनलाई पनि राहत महसुस हुनेछ । पर्याप्त निद्राले विभिन्न शारीरिक तथा मानसिक समस्याबाट टाढा राख्ने अनुसन्धाताहरू बताउँछन् ।
यदि तपाईंले यथेष्ट समय सुत्न पाउनुभएको छ भने तपाईंको स्मरणशक्ति तेज हुँदै जानेछ । यसको परिणाम, तपाईंको अध्ययनमा सुधार आउनेछ । कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्न सक्नुहुनेछ । कुनै नयाँ चिज सिक्ने उत्साहमा हुनुहुन्छ भने त्यो पनि सजिलै तपाईंको दिमागले टिपिहाल्नेछ । किनकि पर्याप्त निद्राले दिमागलाई पनि चुस्तदुरुस्त बनाउँछ । कुनै पनि कुरा सिक्न लामो समय लाग्दैन । पर्याप्त निदाउने मान्छेको आयु पनि लम्बिने वैज्ञानिकहरू बताउँछन् । यद्यपि कम निद्राजस्तै आवश्यकताभन्दा बढी निद्रा पनि मानवीय स्वास्थ्यका लागि प्रतिकूल सावित हुन सक्नेप्रति उनीहरू सजग गराउँछन् । सन् २०१० मा पचासदेखि ७० वर्ष उमेरसमूहका केही वृद्धाबीच एक सर्वेक्षण गरियो । जसबाट दैनिक ५ घन्टाभन्दा कम वा साढे ६ घन्टाभन्दा बढी निदाउने महिला कम बाँचेका पत्ता लाग्यो । जो मान्छे ६ घन्टाभन्दा कम निदाउँछ, उसलाई आन्तरिक शारीरिक जलनजस्ता विभिन्न समस्या पनि उब्जिएका भेटिए । यस्तो समस्या सिधै मान्छेको मुटुसँग जोडिएको हुन्छ । परिणाम– मान्छे स्ट्रोक, मधुमेहजस्ता रोगबाट ग्रस्त हुनुका साथै समयभन्दा पहिल्यै बूढो देखिन थाल्छ । पर्याप्त निद्राले मान्छेको रक्तचाप पनि ब्यालेन्समा राख्ने अनुसन्धानले पत्ता लगाएको छ । यदि खेलाडी हुनुहुन्छ भने यथेष्ट निद्राले तपाईंको खेलक्षमतामा पनि निखार ल्याइदिन्छ । शरीरमा स्फूर्ती बढ्नु खेलाडीहरूका लागि उज्ज्वल करियरको संकेत हो । र, शारीरिक स्फूर्ती बढाउने एउटा माध्यम पर्याप्त निद्रा पनि हो । अनुसन्धाताका अनुसार यस्ता मान्छेलाई तौल घटाउने विषय पनि कुनै दिक्कलाग्दो कुरा रहँदैन । पर्याप्त निद्राले टेन्सन घटाउँछ, दिमागी आराम दिलाउँछ । (एजेन्सी)

प्रतिक्रिया