एमालेसंग निर्वाचनमा सहकार्य हुन सक्छ

Sher bahadur Deuba 1सिन्धुली ७ वैशाख । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेर वहादुर देउवाले आसन्न संविधान सभा निर्वाचनमा नेकपा एमालेसंग चुनावी सहकार्य हुन सक्ने बताएका छन् ।
प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता देउवाले लोकतान्त्रिक शक्तिको विजयका लागि एमालेसंग सहकार्य गर्न सकिने धारणा राखेका हुन् । ‘लोकतान्त्रिक संविधान निर्माणका लागि लोकतान्त्रिक शक्तिको बिजय आवश्यक छ, नेता देउवाले भने, ‘एमालेसँग अहिले पनि सहकार्य भईरहेको छ र चुनावमा पनि सहकार्य हुन सक्छ ।’
बरिष्ठ नेता देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल कुरा फेरिरहने नेता भएकाले असारमा चुनाव नभए मंसिरमा पनि नहुने दाहालको अभिव्यक्तिमा टिप्पणि गर्नु आवश्यक नभएको बताए ।
उनले पार्टीमा गुट उपगुट नभएको जिकिर गरे । देउवा नेपाली काङ्ग्रृस सिन्धुलीको क्षेत्र नं.३ को क्षेत्रीय भेला तथा आमसभामा सहभागि हुन सिन्धुली आएका हुन् ।

प्रतिक्रिया