चारपटक “कु” गर्न खोजियो : भट्टराई

Baburam-Bhattaraiकाठमाडौं, ७ वैशाख । एमाओवादी उपाध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू नेतृत्वको सरकारलाई हटाउन पटक–पटक ‘कु’को प्रयास भएको बताएका छन् ।

‘संविधानसभा विघटनपछि पटक–पटक म नेतृत्वको सरकारलाई ‘कु’ गर्न खोजियो तर एमाओवादी र तत्कालीन सरकारको प्रतिवादका कारण उक्त प्रयास सफल हुन सकेन,’ उपाध्यक्ष भट्टराईले शुक्रबार केही सञ्चारकर्मीसँग सानेपास्थित निवासमा भने, ‘मिति नै तोकेर मेरो नेतृत्वमा रहेको सरकारलाई ‘कु’ गर्न खोजियो ।’ उनले संविधानसभा विघटनको भोलिपल्ट १५ जेठमा, ७ साउनमा, कात्तिक पहिलो साता र मंसिर दोस्रो साता आफूलाई ‘कु’ गर्न खोजिएको दाबी गरे ।
उनले अबको संविधानसभा चुनावमा आºनो पार्टीले मुलुकको आर्थिक विषयलाई केन्द्रित हुने गरी चुनावीको कार्यक्रम घोषणा गर्ने जानकारीसमेत दिए । आर्थिक समृद्धिविना मुलुक अगाडि नबढ्ने र त्यसो गर्न नसके जनताले पटक–पटक आन्दोलन र जनयुद्धमार्फत प्राप्त गरेको राजनीतिक अधिकारलाई संस्थागत गर्न नसकिने उनको भनाइ थियो ।

प्रतिक्रिया