मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

राजविराज, ६ वैशाख । मोटरसाईकल दुर्घटनामा परि गएराती एक यूवकको मृत्यु भएको छ ।
सदरमुकाम राजविराजबाट पूर्व पश्चिम महेन्द्र राजमार्गतर्फ जादै गरेको को ९ प ७१५० नम्वर को मोटरसाईकल दुर्घटना हुँदा राजविराज ७ निवासी लक्ष्मण प्रसाद साहका २५ वर्षिय छोरा कमलनारायण साहको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घाईते साहको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यू भएको परिवारले जनाएको छ । मृतक साहका २ छोरी र श्रीमती छन् । मोटरसाईकल पछाडी बसेका राजविराज ३ निवासी कैलास स्वर्णकार गम्भिर घाईते भएका छन् । उनको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।
राति करिव साढे ९ वजे मोटरसाईकल र विपरित दिशावाट आउदै गरेको स १ त ७७३ नम्वर को ट्याक्टर एक आपसमा ठोक्किएपछि दुर्घटना भएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
मोटरसाईकललाई ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया सुरु गरिएको नायव उपरीक्षक श्यामसिंह चौधरीले वताए ।

प्रतिक्रिया