अनुसन्धनात्मक शिक्षाका लागि सहकार्य

काठमाडौं : शिक्षालाई अनुसन्धानमूलक बनाउन भन्दै द ब्रिटिस कलेज र नेपलिज एकेडेमी अफ म्यानेजमेन्टबीच सहकार्य भएको छ ।
बिहीबार दुई पक्षबीच अनुसन्धानमूलक शिक्षा प्रदान गर्ने विषयमा चार वर्षका लागि सहमति भएको हो । कलेजका कार्यकारी निर्देशक नरेन्द्र कँडेल र म्यानेजमेन्टका महासचिव धु्रव गौतमले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आजको शिक्षा व्यावहारिक र अनुसन्धानमूलक बनाउन आफूहरूले सहकार्य गरेको कँडेलले बताए । म्यानेजमेन्टका लागि आवश्यक आर्थिक, भौतिकलगायत क्षेत्रमा कलेजले सहयोग गर्ने भएको छ । म्यानेजमेन्टका अध्यक्ष देवराज अधिकारीले आफूहरूबीचको सहकार्यले गुणस्तरीय शिक्षा दिन सकिने बताए । म्यानेजमेन्टले कलेजका शिक्षक तथा विद्यार्थीलाई अनुसन्धानात्मक शिक्षणका साथै पत्रपत्रिका तथा जर्नलमा सहभागिता र विज्ञसँग अन्तरक्रिया गराउने सहमति भएको छ । (सौस)

प्रतिक्रिया