मोरङमा गोरु काट्ने श्रेष्ठ पक्राउ

Beef-Meatमोरङ, ५ वैशाख । मोरङ जिल्लाको मधुमल्लाहमा गोरु काटेको अभियोगमा आज प्रहरीले राजु श्रेष्ठलाई पक्राउ गरेको छ ।
मधुमल्लाह–९, लक्ष्मीझारस्थित जंगल छेउमा गोरु काटेको सूचना पाए पछि पुगेको प्रहरीले टाँडी–९ घर भएका ३० बर्षीय श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठलाई प्रहरीले गोरुको मासुसहित फेला पारेको थियो । सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया