‘खानी उत्खनन्ले बढ्यो समस्या’

दाङ(काभ्रे) ५ बैशाख । स्थानीय बासिन्दाको अवरोधका कारण घोराही सिमेन्ट प्रालिको चुन ढुङ्गा उत्खनन् कार्य अझै सुचारु हुन सकेको छैन् ।
खानी सम्म पुग्ने ३५ किलोमिटर कच्ची वाटो कालोपत्रेको माग राख्दै स्थानीय बासिन्दाले एक साता देखी कच्चा पदार्थ उत्खनन्मा रोक लगाएका थिए । दैनीक एक सय ५० ट्रिपर ओहोर दोहोर गर्दा सडक छेउछाउ धुलाम्मे हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकुल असर पार्न थालेको भन्दै स्थानीयले सडक कालोपत्रेको माग गरेका हुन् । खानी उत्खनन्कै कारण पानीको मुहान सुक्दै जान थालेको स्थानीयले वताए ।
‘दैनीक डेढ सय ट्रिप्पर हिंड्छन्, जसले गर्दा धुलो वढ्यो, हामीलाई प्रत्यक्ष समस्या पा¥यो’ लक्ष्मीले भनिन्–‘धुलो नियन्त्रण नहुदासम्म हामीले उद्योगकालागी कच्चा पदार्थ उत्खनन्मा रोक लगाईरहन्छौं ।’ तापा वासीले विगत चार दिन देखी विभिन्न माग राखेर सडकमा ट्रिपर हिंड्न दिएका छैनन् भने कच्चा पदार्थको उत्खनन् समेत रोकेका छन् ।
सिमेण्ट कम्पनीले भने लिखित सम्झौता अनुसार स्थानीयलाई सेवा सुविधा पु¥याइएको दावीे गरेको छ । उद्योगले केही व्यक्तिको उक्साहटमा ट्रिप्पर सञ्चालनमा रोक लगाएको आरोप लगाएको ।

प्रतिक्रिया