चट्याङ लागेर दुई जनाको मृत्यु

दाङ, ४ वैशाख । दाङ र तनहुँ जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दाङको हेकुली–१, बैवाङमा आज विहान सवा एक बजे परेको चट्याङ लागेर सुनिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर एउटा भैंसी समेत मरेको छ ।
यता, तनहुँको थप्रेक–६ मा पनि चट्याङ लागेर २८ बर्षीया माया गुरुङको मृत्यु भएको छ । मंगलबार बेलुका चट्याङ लागेर गुरुङ बेहोस भएकी हुन् । उनलाई उपचारका लागि पोखरातर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको आफन्तले जनाएका छन् ।

प्रतिक्रिया