क्रिस्टिनाले किनिन् नयाँ घर

Christina_Aguileraलस एन्जलस : प्रसिद्ध अमेरिकी गायिका क्रिस्टिना अग्लिराले नयाँ घर किनेकी छन् । उनले एक करोड अमेरिकी डलर बराबरको घर किनेकी हुन् । लसएन्जलसस्थित बेवरली हिल्समा उनले नव निर्मित घर किनेकी हुन् । सर्वसुविधा सम्पन्न उक्त घरमा ६ वटा बेडरुम, आठ बाथरुम र एक/एक स्पा र स्विमिङ पुल छन् ।
लसएन्जलसस्थित आफू बस्दै आएको घरलाई केही समयअगाडि एक करोड पैँतालीस लाख डलरमा बिक्री गरेकी क्रिस्टिनाले शान्तिसँग बस्न नपाएको बहानामा पहिलो घर बेचेकी हुन् । क्रिस्टिनाले नयाँ घर आफ्नो चाहनाअनुरूप भएको बताएकी छन् । क्रिस्टिनाको घरको केहीअगाडि चार्ली सिनको घर छ । (एजेन्सी)

प्रतिक्रिया