बम पड्किएर देउखुरीमा एक बालकको मृत्यु

bombदेउखुरी, ३ वैशाख । दाङको देउखुरीमा माछा मार्न प्रयोग गर्ने बम वनाउने क्रममा विष्फोट हुँदा एक बालकको घटना स्थलमै मृत्यू भएको छ । बमको टुक्रा लागेर अर्का एक जना घाईते भएका छन् ।
लालमटिया–२, खुरुरियाका सविन चौधरीको घरमा आज माछा मार्न बम वनाउने क्रममा विष्फोट हुँदा उनका १२ वर्षीय छोरा भुपेश चौधरीको घटना स्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
बमको टुक्रा लागेर स्थानीय १४ वर्षीय नारायण चौधरी गम्भीर घाईते भएका छन् । घाईते नारायणलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
फलामको पाईपमा सलाईको काँटीमा रहेको बारुद भर्ने क्रममा बम विष्फोट भएको प्रहरी प्रारम्भीक अनुमान छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको भालुवाङ प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया