८७ जना विरुद्ध विशेष अदालतमा मुद्धा

ciaaa_20130228100022काठमाडौं, २ बैशाख । धनुषा जिल्ला विकास समितिका दुई दर्जन आयोजनामा भ्रष्टाचार ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८७ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
तत्कालिन स्थानीय विकास अधिकारी लक्ष्मीनारायण महतोसहितका ८७ जनाले १ करोड १३ लाख ९८ हजार ३ सय ४३ रुपिया भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार कानुनबमोजिम कैद र बिगो जरिवानाको मागसहित मुद्धा दायर गरेको हो । जिविस ईन्जिनियर विनोदकुमार ठाकुर, देवेन्द्र अधिकारी, ज्ञानेन्द्रकुमार देव, विन्देश्वर वनरइत, जिविस धनुषाका लेखा अधिकृत मदनमोहन लाल कर्ण, लेखापाल जीवनाथ चौधरी समेत १६ जना कर्मचारीहरुसहित आयोजनाका पदाधिकारीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
धनुषा जिविसद्धारा गत आर्थिक बर्षमा संचालित विभिन्न आयोजनाका लागि विनियोजित रकम कर्मचारीको मिलेमतोमा अनियमिता गरेको उजुरीपरेपछि अख्तियारले छानविन सुरु गरेको थिया । अख्तियारका अनुसार गुणस्तरहीन र मापदण्डबाहिर गएर काम गरेको र झूटा बिल बनाएर भुक्तानी गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको थियो ।

प्रतिक्रिया