संखुवासभामा आगलागी हुँदा पाँच घर नष्ट

aago 1संखुवासभा, २ वैशाख । संखुवासभाको सदरमुकाम खाँदबारीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।
आज विहान करिव तीन बजे स्थानीय कृष्णमान शाक्यको घरबाट सल्केको आगोले पाँच घर जलेर नष्ट भएका हुन् । आगलागीबाट भरत शाक्य, दिनेश श्रेष्ठ, रामकाजी राई र रमेश लोहारका घर नष्ट भएका छन् ।
आगलागीबाट करिब ७ करोड रुपियाँ बराबरको धनमाल क्षति भएको प्रहरीले प्रराम्भीक अनुमान गरेको छ । सुरक्षा निकाय र स्थानीयको सहयोगमा आगो नियन्त्रण भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया