वर्ष ०६९ मा चर्चामा रहेका सेलीब्रेटी

Poojana-Rakshya-04काठमाडौं : नेपाली चलचित्र क्षेत्र व्यावसायका हिसाबले यस वर्षमाथि आउन सकेन । चलचित्रमा जति लगानी भयो ती सबै बालुवामा पानी हालेसरह बिलाएर गयो । चलचित्रको व्यवसाय ओरालो लागे पनि यस क्षेत्रका कलाकार भने विभिन्न स्क्यान्डलका कारण चर्चामा रहिरहे ।
नायक राजेश हमाल यस वर्ष प्रैमिकाकै कारण चर्चामा रहे । व्यावसायिक चलचित्र अभिनयका हिसाबले कुनै पनि सञ्चारमाध्यममा छाउन नसकेका हमाल प्रेमीका मधु भट्टराईसँगको प्रसंगले सबै मिडियामा छाउन सफल भए । वर्षभरि नै विवाह र प्रेमिकाका कारण हमाल चर्चामा रहिरहे । पछिल्लो समय चलचित्रमा अभिनयका हिसाबले त्यति महत्त्व पाउन छोडेका हमालले आफैँ पनी राजनीतिमा आउने संकेत देखाएर समाचार बन्न सफल भए ।
अभिनेत्री प्रियंका कार्की पनि चलचित्रको व्यावसायभन्दा डिभोर्सका खबरले समाचार बन्न सफल भइन् । ‘थ्री–लर्भस’ र ‘कलिउड’ दुई चलचित्र अभिनय गरेकी प्रियंकाले श्रीमान् रोचक मैनालीसँग आफ्नो एक वर्ष अगाडि डिबोस् भएको हल्ला फैलाउँदै समाचारमा अटाउन सकिन् ।
नायिका जिया केसीलाई यस वर्ष चलचित्र एटिएम र भुवन केसीसँगको सम्बन्धले चर्चा दिलायो । उत्तेजक चलचित्र अभिनय गर्ने नायिकाका रूपमा समेत जिया चिनिन सफल भइन् । उनले अभिनय गरेका दुई चलचित्र बर्बाद र एटिएम अश्लील भयो भन्दै सेन्सरले रोक्यो । नायक भुवनसँग समेत नाम जोडेर चर्चामा आएकी जिया भुवनसँग बिहे गर्न लागेको अफवाह फैल्याउँदै चर्चामा रहिरहिन् ।
नायिका ऋचा शर्मा पनि नायक विनय श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण समाचरको विषय बनिन् । यी दुवैको प्रेममा आएको फाटोले राम्रै चर्चा कमायो । यस वर्ष चलचित्र भिजा गर्ल अभिनय गरेकी ऋचा कलाकारिताका कारणले कुनै समाचार बन्न सकिनन् ।
आइटम गीतमा यस वर्ष सबैको छानोटमा पर्न सफल अभिनेत्री सुष्मा कार्की यस्तै अनेकौँ कारणले चर्चामा रहिरहिन् । चलचित्र अभिनयभन्दा पनि दर्जन माथिका चलचित्रमा आइटमा नृत्य गरेकी सुष्मा प्रेमीका कारण पनि बेलाबेलामा समाचार छाइन् । ‘वार’ चलचित्रको छायांकनमा प्रेमीका साथ सुदूर पश्चिम पुगेको प्रसंग होस् या नोटबुकै आइटम गीतमा प्रेमीको हस्तक्षेप किन नहोस् । यी सबै प्रसंगका समाचारमा उनी नै छाइरहिन् । अझ बिन्दासमा उनले प्रस्तुत गरेको स्तन ग्ल्यामरले उनको चर्चा मात्र होइन, चलचित्रले समेत व्यवसाय गर्न सफल भयो ।
अभिनेता अर्जुन कार्की र निसा अधिकारी यस वर्ष सगरमाथा आरोहणका कारण चर्चामा रहे । पछिल्लो समय अभिनयका लागि कुनै पनि चलचित्र हात नपरेका अर्जुन र थुप्रै चलचित्र अभिनय गरे पनि अभिनयका हिसाबले कुनै प्रभाव छोड्न नसकेकी निसा सगरमाथा आरोहणमा जाने घोषणापछि समाचारका विषय बने ।
अभिनेत्री पुजना स्त्री यस वर्ष ‘रक्षा’ नामक चलचित्र अभिनयका कारण चर्चामा आइन् । ‘रक्षा’मा रहेका उनका अनेक बेडसिन चर्चाका विषय बने । जयसंगत्का नाममा आर्दश वाक्य छाट्दै हिँड्ने पुजनाका बेडसिनले केही समय चलचित्र बजार हल्लाउन सफलसमेत भयो भने व्यवसायमा समेत टेवा मिल्यो ।
नायिका शशी खड्का यस वर्ष ‘चन्द्रावती’ चलचित्रका कारण समाचारका विषय बनिन् । चलचित्रका निर्देशक राजु गिरीले जर्बजस्ती ग्ल्यामर सिन खिच्न लगाएको उनको आरोप थियो । सो आरोपपछि त्यतिकै सेलाएर गए पनि उनलाई भने यसले धेरै चर्चा दिलायो ।
अभिनेत्री जेसिका खड्का आत्महत्याका कारण यस वर्ष समाचारको विषय बनिन् । जेठ ३० गते आत्महत्या गरेकी जेसिकाको आत्महत्याको कारण रहस्यमै रह्यो । ‘ब्ल्यु भिडियो काण्ड’को समेत सामना गरेकी जेसिकाको अत्महत्या प्रकरणमा कलाकार बालदीप राईसमेत चर्चामा आए । बालदीप जेसिकाको प्रेमीका रूपमा चर्चामा रहे ।
वैशाख १८ गते जनकपुरमा भएको बमकाण्डमा निधन भएकी अभिनेत्री रञ्जु झा उक्त घटनाले चर्चामा रहिन् । रञ्जुलाई सरकारले सहिदसमेत घोषणा गर्‍यो ।
यस वर्ष चलचित्र विकास बोर्डको अध्यक्ष धर्मेन्द्र मरवैता पप्पु पनि चर्चामा रहे । कलाकर्मीका आन्दोलन र विरोधका बाबजुद पनि अध्यक्ष बनेका पप्पु शिवरात्रिमा एक नायिकासँगको गाजा सेवनदेखि स्टुडियो बनाउने नाममा सुर्खेतको भ्रमण्ँसम्म का विषयमा चर्चाका पात्र बने ।
अभिनेत्री सुमिना पनि यस वर्ष समाचारको विषय बनिन् । अभिनयका हिसाबले कुनै छाप छोड्न सक्ने चलचित्र वर्षमा एउटासमेत दिन नसकेकी उनी वर्षको अन्त्यमा एक पत्रकारलाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएका कारण चर्चामा रहिन् ।
नायक जीवन लुइँटेल ‘मालतीको भट्टी’, ‘रिदम’ र वर्षको अत्यमा प्रदर्शनमा आएको चलचित्र ‘नोटबुक’का कारण चर्चामा रहे । नोटबुकमा रहेको गाला रातै गीतले उनलाई वर्षकै चर्चित कलाकार बनायो । नोटबुककै गाला रातै गीतबाट अभिनेत्री नीता ढुंगाना पनि चर्चामा रहिन् । चलचित्र ‘हाइवे टु धम्पुस’ को छायांकनका लागि अमेरिका गएका राजवल्लभ कोइराला यसै कारणले समाचारका विषय बने । (सौस)

प्रतिक्रिया