९३ लाखमा खानेपानी

काठमाडौं : सीतापाइलामा रहेको भैरवटोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ९३ लाखको लागतमा बोरिङ पद्धतिबाट शुद्ध खानेपानीको बिक्रीवितरण गरेको छ ।
विभिन्न दातृनिकायको आर्थिक सहयोगका साथै समितिको सक्रिय सहभागितामा खानेपानी सञ्चालनमा आएको हो । पानी निकाली समुदायको घर –घरमा धारा वितरण गरेको छ । उक्त खानेपानीको आइतबार एक कार्यक्रमका बीच पूर्वअर्थमन्त्री डा. रामशरण महतले गरेका हुन् ।
च्वाइस नेपालको आर्थिक सहयोग २८ लाख ६३ हजार ५ सय, सीतापाइला गाविसबाट १ लाख ९२ हजार १ सय अनुदान गरेको जानकारी पनि सो अवसरमा दिइएको थियो । त्यस्तै, जिल्ला विकास समिति काठमाडौंबाट २ लाख ७५ हजार अनुदान प्राप्त हुने समितिका सचिव सुरेशकमल
पोखरेलले बताए । हाल समितिले २ सय ६७ धारा वितरण गरेको र ३ सय ५ वटा धाराबाट पानी वितरण गर्ने लक्ष्य राखेको छ । उपभोक्ताबाट ३३ लाख २८ हजार रकम धाराबापत रकम उठ्ने जनाएको छ । झन्डै डेढ करोडको स्टमेट रहे पनि समितिले ९३ लाखको लागतमा काम सकेको हो ।
काकाकुल जीवनबाट उन्मुक्त गराउन स्थानीय निकाय, च्वाइस नेपाल र एलडिएससीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको समितिका उपाध्यक्ष राजु लोहनीले बताए । आफ्नो टोलका ढल, बाटो, पानी तथा आवश्यकीय पूर्वाधारहरू आफैँले जिम्मेवारीका साथ कार्य गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया