सप्तरीमा ६० घर जलेर नष्ट

राजविराज : सप्तरीको तिलाठी गाविसमा आइतबार साँझ भएको आगलागीमा परी करिब ५ दर्जन घर जलेर नष्ट भएका छन् । वडा नं. ५ निवासी डम्बर यादवको घरमा विद्युत् सर्ट भई सुरु भएको आगलागीमा ४, ५ र ६ नं. वडाका करिब ६० भन्दा बढी घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजविराजस्थित कृष्णदल गणको नेपाली सेना, राजविराज नगरपालिकाको दमकल र स्थानीयको पहलमा करिब ७ बजे सुरु भएको आगो साढे आठ बजे नियन्त्रणमा आएको डिएसपी श्यामसिंह चौधरीले बताए । क्षतिको थप विवरण आइतबार रातिसम्म पनि नआएको डिएसपी चौधरीले बताए ।

प्रतिक्रिया