बम भनिएको कार्टुनभित्र प्रेम पत्र र फुल

राजविराज, १ बैशाख । सप्तरी सदरमुकाम राजविराजमा फेला परेको शंकास्पद बस्तु बम भएको आशंकमा प्रहरीले खोल्दा प्रेम पत्र, फुल र विभिन्न प्रकारका चकलेटहरु भेटिएका छन् ।
राजविराज ५ स्थित एक ग्यारेज अगाडि छोडिएको शंकास्पद कार्टुनभित्र एक यूवतीको नाममा लेखिएको प्रेमपत्र र अन्य उपहारहरु भेटिएको प्रहरीले जनाएको छ । कार्टुनमा प्याक गरिएको शंकास्पद वस्तु देखेपछि स्थानीय आतंकित भएका थिए । उनीहरुले बम भएको आशंका गर्दै विष्फोटनका लागि प्रहरीलाई बोलाएका थिए । सार्वजनिक स्थलमा राखिएको कार्टुन बम भएको भन्दै उक्त क्षेत्रमा आसपासका सर्वसाधारणको ठुलै भीड लागेको थियो ।
बम भनिएको बस्तुभित्र प्रेमपत्र फेला परेपछि प्रहरी र स्थानीय अचम्ममा परेका थिए ।

प्रतिक्रिया