चीन पछि भारत भ्रमणमा जान्छु: दाहाल

Sita-n-Puspakamal-Dahalकाठमाडौं, १ वैशाख । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण आर्थिक एजेण्डामा केन्द्रित रहेको बताएका छन् ।
चीन प्रस्थान गर्नु अघि त्रिभुवन विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरागर्दै दाहालले भने, ‘मेरो भ्रमण आथिर्क एजेण्डामा केन्द्रित हुने छ ।’ उनले भ्रमणका क्रममा संविधानसभाको नयाँ चुनावका लागि चीनले गर्न सक्ने सहयोगका बारे पनि छलफल हुने जानकारी दिए ।
अध्यक्ष दाहालले चीन भ्रमण लगत्तै आफू भारत जाने जाने समेत बताए । उनले चीन र भारतलाई एक अर्काविरुद्ध प्रयोग गर्ने कतिपय नेपाली नेताहरुको प्रवृति रहेको आरोप पनि लगाए ।
एक साता लामो भ्रमणका क्रममा दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ र चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनको साथमा पत्नी सीता दाहाल र अन्य सहयोगीहरु पनि चीन प्रस्थान गरेका छन् ।

प्रतिक्रिया