पुलिस लिग च्याम्पियन

काठमाडौं : नेपाल पुलिस क्लबले प्रथम राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा अन्तिम दिन भएको खेलमा पुलिसले राष्ट्रिय च्याम्पियन एपिएफलाई सोझो सेटमा पराजित गर्‍यो । पुलिस क्लब २५–१८,२५–२३, २८–२६ ले विजयी भयो ।
उपविजयी एपिएफका कैलास दत्त भट्ट उत्कृष्ट खेलाडी घोषित भए । पुलिसका चन्द्र कुँवर उत्कृष्ट स्पाइकर घोषित भए । यसैगरी, एपिएफका खुसी चौधरी बेस्ट सेटर, महेन्द्र श्रेष्ठ बेस्ट ब्लकर, पुष्पजंग मल्ल बेस्ट डिफेन्स र कुलबहादुर थापा बेस्ट सर्भर भए ।
महिलातर्फ एक दिन अघि नै न्यु डाइमन्डले उपाधि जितेको थियो । अन्तिम दिन पुलिस क्लबलाई हराउँदै एपिएफ दोस्रो भयो । एपिएफकी नेबिका चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । यसैगरी, निमा श्रेष्ठ बेस्ट स्पाइकर र विनीता बुढाथोकी बेस्ट सेटर भए । मश्चिमाञ्चलकी सरस्वती चौधरी बेस्ट ब्लकर तथा न्यु डाइमन्डकी सलिन श्रेष्ठ उत्कृष्ट डिफेन्स तथा कृपा अधिकारी बेस्ट सर्भर घोषित भए । (सौस)

प्रतिक्रिया