चुनावी सरकारको नियतमा खोट: नेता महरा

Krishna-Bahadur-Maharaचितवन, ३१ चैत । एमाओवादीका नेता कृष्णबहादुर महराले असारमा चुनाव हुन सक्दैन भन्नु चुनावी सरकारको खोटपूर्ण अभिव्यक्ति रहेको टिप्पणी गरेका छन् ।
चितवनको भरतपुर नगरपालिका–८, गौरीगञ्जमा शनिबार वाईसिएलको चौथो अधिवेशनलाई सम्बोधन गर्दै महराले वर्तमान सरकारले असारमा चुनाव हुँदैन भनेर किटान गर्नु उसको नियतमा खोट रहेको दाबी गरे ।
‘असारमा चुनाव नहुने कुरा असारमै थाहा हुन्छ,’ उनले भने, ‘असारमा चुनाव हुन नसके मंसिरको मिति उच्चस्तरीय राजनीतिक समितिसँगको सुझावमा घोषणा गर्नु पर्छ ।’
नेता महराले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले उच्चस्तरीय राजनीतिक समितिको निर्णय विपरित काम गर्दै आएको बताए । उनले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माण गर्न सक्रिय हुन सुझाव दिए ।

असारमा निर्वाचन नहुँने निश्चित सरह भए पछि एमाओवादीले आफ्नै समर्थनमा बनेको वर्तमान रेग्मी नेतृत्वको सरकार विरुद्ध अभिब्यक्ति दिन थालेको छ ।

प्रतिक्रिया