नक्कली नागरिकता लिने भारतीय पक्राउ

रौतहट : किर्ते गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ससुराको छोरा बनेर नेपाली नागरिकता लिएका भारतीय नागरिक जयरामप्रसाद गुप्ता प्रहरी फन्दामा परेका हुन् ।
रौतहटको बन्जरहा गाविस–६ का सोनफी साहले आफ्ना भारतीय ज्वाइँ जयरामप्रसाद गुप्तालाई किर्ते कागजातका आधारमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट नागरिकता दिलाएका थिए । भारतको ढाका फुलबरियाका २५ वर्षीय जयरामप्रसाद गुप्तालाई आफ्नो छोरा हो भनी साहले नागरिकता बनाइदिएका हुन् ।
२५ माघ २०६९ मा जिल्ला प्रसाशन कार्यालय रौतहटबाट साहले आफ्ना भारतीय ज्वाइँ गुप्तालाई ३२–०१–६९–०७१२१ नम्बरको नागरिकता दिलाए पछि त्यसविरुद्ध स्थानीय रामचन्द्र महतो कोइरीले दिएको निवेदनका आधारमा प्रहरीले गुप्तालाई पक्राउ गरेको हो । ज्वाइँ पक्राउ परे पनि ससुरा साह भने फरार भएको र निजको खोजी भइरहेको जिल्ला प्रहरी कार्याल रौतहटले जनाएको छ । (सौस)

प्रतिक्रिया