पाँच न्यायाधीश नियुक्तिको सिफारिस

काठमाडौं, ३० चैत । न्यायपरिषद्ले सर्वोच्च अदालतमा पाँच अस्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद् बैठकले पूर्वअस्थायी न्यायाधीशलाई पुन: नियुक्तका लागि सिफारिस गरेको हो ।

सिफारिस गरिएकाहरूमा प्रकाशचन्द्र वस्ती, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, भरतबहादुर कार्की र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । उनीहरू सबैले यसअघि पनि सर्वोच्चमा अस्थायी न्यायाधीशका रूपमा काम गरिसकेका छन् । एक वर्षका लागि उनीहरूलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
सर्वोच्चबाट अवकास पाए पनि उपाध्याय र भट्ट पुनरावेदन अदालतका न्यायाधीश थिए । उनीहरू दुवै अहिले भने जगेडामा थिए । न्यायपरिषद्का सहप्रवक्ता कृष्ण गिरीले बिहीबारको बैठकले अस्थायी न्यायाधीश नियुक्तिको मात्रै सिफारिस गरेको बताए ।
स्रोतका अनुसार न्यायाधीश छनोटका विषयमा परिषद्मा चर्को मतभेद देखिएपछि तत्कालका लागि अस्थायी न्यायाधीशहरू नियुक्तिको सिफारिस गरिएको हो । न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइको व्यवस्था अध्यादेशमार्फत हटाएपछि न्यायाधीश नियुक्तिको बाटो खुलेको हो । सर्वोच्चमा न्यायाधीश रित्तिँदै गएका थिए ।

प्रतिक्रिया