काठमाडौं : ‘खोली छेकेर’ एल्बमका साथ देखिएका गायक मौसम गुरुङले अर्को एल्बम ‘सुन्दर लाग्छ मलाई यो धरती’ लिएर अएका छन् । गायिका टीका पुन र गायक स्वयंको स्वर रहेको एल्बममा प्रह्लाद सुवेदीको शब्द र वसन्त थापाको लय छ । ‘सच्चा मायाप्रेमलाई गीतमार्फत उजागर गर्ने प्रयास गरेको छु, यसले सबैको मन जित्ने छ’, गायक गुरुङले भने ।
हुन त यो एल्बम बजारमा आएको धेरै समय भएको छैन तर यसका गीतले लोकसंगीतका पारखीमाझ राम्रै छाप छोड्न सफल भएको छ । स्वदेश छाडेर विदेशी भूमि जापान बस्दाका पीडा भुलाउन तथा लोकसंगीतको संरक्षरण र संवर्धन गर्न आफूले एल्बम निकालेको गायक गुरुङको भनाइ छ । (सौस)
प्रतिक्रिया