गेटअप फेर्दै मेगान

meganfoxलस एन्जलस : हलिउड अभिनेत्री मेगान फक्स आÏनो सुन्दरताको मामलामा निकै सजक छिन् । त्यसैले पनि उनी बेला–बखतमा भिन्न–भिन्न गेटअपका साथ प्रस्तुत हुने गरेकी छन् । उनको यो भिन्न गेटगप चर्चाको विषय पनि बन्ने गरेको छ ।
पछिल्लो समय यिनै अभिनेत्री मेगान नयाँ केस डिजाइनका साथ देखिएकी छन्, जसको हलिउड चलचित्रको क्षेत्रमा गतिलै चर्चा हुने गरेको छ । यसपटकको केस डिजाइन मेगानले आÏनो स्वेच्छाले गरेकी भने होइनन् । छायांकनको तयारीमा रहेको चलचित्र ‘निंजा टरटेल्स’ अभिनयतयारीको सिलसिलामा उनले यो केस डिजाइन बनाएकी हुन् । यो नयाँ केसको डिजाइनमा २६ वर्षीय यी अभिनेत्रीको पूरै कपाल रातो भएको छ । ‘चलचित्रको भूमिकालाई जीवन्त बनाउन कालो कपाललाई पूरै रातो बनाएकी हुँ’, उनले भनिन् ।
गत सेप्टेम्बरमा नोहनामक छोराको जन्म दिएकी फक्स हालै एक सार्वजनिक कार्यक्रममा श्रीमान् अस्टिन र छोरा नोहका साथ आर्कषक पहिरनमा देखिएकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया