गीतकार अज्ञातले ल्याए “मखमली दरबार”

इमान बेचेर महल बनाउनु छैन
सीमा मिचेर पर्खाल उठाउनु छैन
म त आफ्नै पाखुरीमा बाँच्न चाहन्छु
परिआए आँधीहुरी सारा सहन्छु
गीतकार वसन्तराज अज्ञातले यस्तै गीत समेटेर दोस्रो गीतिसंग्रह ‘मखमली दरबार’ बजारमा ल्याएका छन् । संग्रहमा देशभक्ति, जीवनदर्शन, समसामयिक सन्दर्भ तथा मायाप्रेमका गीत रहेका र यी गीतले पाठकका मन छुने अज्ञात बताउँछन् ।
‘गीतमा जीवनको अर्थ खोजिएको हुन्छ, कथा बुनिएको हुन्छ, मन र मस्तिष्कको उपज हो गीत । साहित्यको एउटा सुमधुर पाटो अनि जीवनको बाटो हो गीत उनले भने, भावना मात्रै होइन, जीवन बुझ्ने सशक्त माध्यम पनि हो गीत ।’
लोक र आधुनिक दुवै शैलीलाई मिश्रण गरी हृदयको भाव लेख्ने गीतकार अज्ञातले गीतमार्फत जीवन र जगतका अभावहरू हटाउन चाहन्छन् ।

प्रतिक्रिया