सामसुङको एसएलसी अफर

काठमाडौं : स्यामसुङ मोबाइलको लागि नेपालको आधिकारिक वितरक इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालि (आइएमएस) ले एसएलसी सुपरस्टार नामक अफर अघि सारेको छ । यो योजनाको लाभ यस वर्षको आसिटी एक्स्पोमा विषेश गरी एसएलसी दिएका विद्यार्थीले उठाउनेछन् ।
यस अफरमार्फत विद्यार्थीले आसिटी एक्स्पो २०१३ मा कुनै पनि स्यामसुङ वाई लाइट डुवस, च्याम्प नियो डुवस र स्टार थ्री डुवस खरिद गर्दा १५ प्रतिशत छुटसहित ती सामान पाउने व्यवस्था गरेको पनि कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसका लागि विद्यार्थीले आफ्नो प्रवेश पत्र र परिचय पत्र पेस गर्नु पर्नेछ । यति मात्र नभई परीक्षाको नतिजा आइसकेपछि, डिस्टिङसनमा र प्रथम श्रेणीमा उत्तिर्ण हुने विद्यार्थीले थप १० र ५ प्रतिशत छुट पाउने पनि कम्पनीले जनाएको छ । यसका लागि विद्यार्थीले आइएमएसमा आफ्नो मार्कसिट, आसिटी एक्स्पोमा पैसा तिरेको रसिद र परिचय पत्र पेस गर्नु पर्नेछ ।

प्रतिक्रिया