साइमनमा नया नेतृत्व

काठमाडौं : सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)मा दुई वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ ।
डा. शशि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा डा. लवनारायण जोशी, महासचिव डा. धिरज मानन्धर, सहसचिव डा.पंकज पन्त, कोषाध्यक्ष डा.प्रवीण अधिकारी र सहकोषाध्यक्ष डा.रमिला श्रेष्ठ चयन भएका छन् । सदस्यमा डा. प्रमोदकुमार क्षेत्री, डा.अरुण मास्के, डा. युवराज शर्मा, डा.उमिदकुमार श्रेष्ठ, डा.बुद्धी पौड्याल, डा. भूपेन्द्र बस्नेत, डा. शीतल अधिकारी, डा. बिक्रम प्रधान र डा. नन्दु सिलवाल छन् ।
संगठनमा दुई सय २० साधारण सदस्य छन् । इन्टरनल मेडिसिनमा एमडी गरेका चिकित्सक सदस्य बन्न पाउने सदस्य डा.बस्नेतले जानकारी दिए । (सौस)

प्रतिक्रिया