४ कक्षा पढ्दा खेलेको चलचित्र ९ कक्षा पुग्दा रिलिज भयो

Neeta-Dhungana०५८ तिर होला, ९ वर्षकी म त्यतिबेला सिद्धार्थ बनस्थली स्कुलमा कक्षा ४ मा पढ्दै थिएँ । मेरो स्वभाव बच्चादेखि नै चञ्चल थियो । मलाई सानैदेखि कलाकारितामा रुचि थियो । त्यसैले स्कुलमा हुने विभिन्न कार्यक्रममा नृत्य देखाउन कहिल्यै छुट्दैनथेँ । ठ्याक्कै समय याद भएन । तर, नेपाल टेलिभिजनमा नृत्यसम्बन्धी प्रतियोगिता आँगन प्रसारण हुन्थ्यो । यस कार्यक्रम टिभीमा देख्दा मलाई पनि यसमा भागलिन मन लागेकोले त्यसमा भाग लिएँ । कार्यक्रमका विभिन्न चरण पारगर्दै फाइनल प्रतिस्प्रर्धासम्म पुगेकी म सो प्रतियोगिताको विजेतासमेत घोषीत भएँ ।
आँगनको अन्तिम प्रतिस्प्रर्धा सकिँदा कक्षा ४ को परीक्षा पनि आयो । त्यसैले विजेता हुने बित्तीकै परीक्षाकै तयारीमा होमिएँ । परीक्षा सकिएको केही दिन नबित्दै आयोजकबाट मलाई बोलावट आयो । आयोजकमार्फत अशोक शर्मा दाइसँग भेट भयो । भेटमा उहाँले चलचित्र ‘मितिनि’ निर्माणको तयारीमा आफू जुटेको र चलचित्रको एक चञ्चले चुलबुले बालकलारको भूमिकाकै लागि मलाई भेट्न आएको कुरा खुलाउनुभयो । मैले उहाँसँग आफूले गर्ने रोलका बारेमा सबै बुभेँm । रोल मेरो स्वभावसँग ठ्याक्कै मिल्दोजुल्दो रहेछ । चलचित्रमा मेरो भूमिका रेखा थापाको बालपनको रोल रहेछ । त्यो पनि चुलबुले चञ्चले केटीको । भूमिकाकै हिसाबले अभिनयमा म सबैको नजरमा पर्छु भन्ने लागेको थियो । अभिनयका लागि घरमा सोधेर खबर गर्ने भन्दै म अशोक दाइसँग छुट्टिएँ । घरमा सल्लाह गरे । घरपरिवारबाट अनुमति पाए पछि अभिनयका लागि तयार भएँ ।
मेरो पहिलो दिनको सुटिङ धुलिखेलमा थियो । चलचित्र अभिनय मेरालागि नौलो भए पनि अभिनय गर्न कुनै डर लागेको थिएन । किनभने, एक टेलिशृंखलामा अभिनय गरिसकेकी म रियालटी सोको विजेता पनि थिएँ । चलचित्रका निर्देशक अनीष कोइराला र निर्माता अशोक शर्मा थिए । पहिलो सट मेरो सन्तोष पन्त दाइ र अर्काे एक बालकलाकारसँग थियो ।
पहिलोपटक चलचित्रको अभिनय गर्न लागेकी भए पनि मलाई कुनै डर लागेको भने थिएन । तर, क्यामेराका एङ्गलिङ प्रति म अनभिज्ञ नै थिएँ । त्यसैले अभिनयको पहिलो टेक ओके भएन । कहिले मेरै त कहिले लाइट र अन्यका कारणले गर्दा पहिलो सट ओके हुन तीन/चार टेक लाग्यो । पहिलो टेक ओके भए पछि सबैले मेरो अभिनयको प्रशंसा गरे । अभिनयमा अग्रजका तारिफ पाए पछि म भित्रभित्रै दंग भएँ ।
चलचित्र पहिलो, त्यसमा पनि बालकलाकारको भूमिकामा अभिनय गरेकोले आफ्नो गेटअपमा त्यति ध्यान दिएकी थिइनँ । हेयर स्टाइल धेरै राम्रो नगरे पनि ड्ेरसभने याद छ मलाई । गाउले बच्चाले लगाउने क्याजुअल थियो । नर्मल ड्रेसमा नै सुटिङ पनि सकियो ।
सानैमा अभिनय गरेकोले रमाइलो रमाइलोमै चलचित्र सकियो । अभिनय सकिएपछि फोन गरेर ममीसँग खुसी सेयर गरे । खेल्दै कामगर्दै गरेको त्यो चलचित्रको अभिनय मेरो जीवनकै रमाइलो क्षण थियो । अभिनय गरेको कुरा स्कुलका साथीलाई पनि सुनाएँ । करिब दुई महिना अभिनयकै गफ लगाएँ । तर, मेरा कुरा कतिले पत्याए कतिले पत्याएनन् । अभिनयको वर्ष दिनपछि चलचित्रको डबिङ भयो । छायांकन भएको पाँच वर्षपछि यो रिलिजमा आयो । ४ कक्षामा पढ्दा अभिनय गरेको चलचित्र ९ कक्षामा पुग्दा रिलिज भयो । मलाई चिन्ने जतिले चलचित्र हेरे कोहीले मेरो अभिनय हो भनेर पत्याए कोहीले पत्याएनन् । किनभने चलचित्र प्रदर्शनमा आउँदा ठूली भइसकेकीे थिएँ । चलचित्र अलिअगाडि चलेको भए सबैले चिन्थे होला भन्ने लाग्यो । तर, जतिले मैले अभिनय गरेको चिने मेरो कामको प्रशंसा गरे । तिम्रो अभिनय राम्रो छ । अभिनयमा लागी पर । हिरोइन बन्ने सम्भावना छ भने । सबैको माया र हौसलाले ममा पनि हिरोइन हुने चाहना जाग्यो र अभिनयलाई नै निरन्तरता दिएँ ।
बालकलाकारकै भूमिका भए पनि ‘मितिनी’मा गरेको अभिनय मेरा लागि जीवनकै अविस्मरणीय क्षण हो । त्यसकै कारणले आज म अभिनय क्षेत्रमा छु भने मेरो हातमा धेरै चलचित्र छन् । मलाई अझै लागी रहन्छ त्यतिबेला बालकलाकारको अभिनय नगरेको भए, म अहिले अभिनयको दुनियाँमा हुन्नथेँ कि । यसरी सबैले चिन्दैन थिए कि † त्यो अभिनयले गर्दा नै आज मैले ‘नोटबुक×’ जस्तो चलचित्रमा अभिनय गर्ने अवसर पाए । यो पछिल्लो समयएको निकै राम्रो चलचित्र हो । यस चलचित्रको रातागाला गीतले मलाई सबैको नजरमा पारेको छ । शुक्रबारबाट चलचित्र प्रदर्शनमा आए पछि अभिनयका हिसाबले पनि मेरो बेग्लै पहिचान बन्छ भन्ने मलाई लागेको छ ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया