काठमाडौं, २७ चैत । पूर्व मूख्यसचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन नहुने जिकिर गर्दै परेको रिटको सुनुवाई सर्वोच्च अदालतले पुनः सारेको छ ।
कार्की विरुद्धको रिटमा आज सुनुवाई हुन पेशीमा चढेको थियो । कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजालाशमा चढेको पेशीको सुनुवाई सारिएको सर्वोच्चले जनाएको छ ।
कायम मुकायम प्रधानन्यायाधीश शर्मा संवैधानिक परिषदको सदस्य समेत रहेकाले प्राविधिक कारण देखाउंदै कार्कीको सुनवाई सरेको सर्वोच्चको भनाई छ । यस अघि पनि कार्की विरुद्धको रिटको पेशी सरिसकेको छ ।
प्रतिक्रिया