तमिलनाडुमा विश्व चेस प्रतियोगिता

चेन्नई : आगामी ६ देखि २६ नोभेम्बरसम्म हुनलागेको विश्व चेस प्रतियोगिता दक्षिण भारतीय सहर तमिलनाडुले आयोजना गर्ने भएको छ । भारतमा पहिलोपटक हुन लागेको यो प्रतियोगिताका लागि मुख्यमन्त्री जयललिताको राज्य सरकारले २९ करोड रुपियाँ विनियोजन गरिसकेको छ ।

गत वर्ष नै भारत यो प्रतियोगिताको आयोजना गर्न प्रयासरत थियो तर अन्तिम समयमा रुसले त्यो आयोजनाको बाजी मारेको थियो । यसपटकको आयोजनाका लागि भारतविरुद्ध अन्य कुनै देशले पनि दाबेदारी प्रस्तुत गरेन । (एजेन्सी)

प्रतिक्रिया