‘यामाहा रे’ मोटरसाइकल बजारमा

Plush-Pinkकाठमाडौं : यामाहाले आफ्नो नयाँ स्कुटर ‘यामाहा रे’ बजारमा ल्याएको छ ।
नेपाली सडक अनुसार चल्ने क्षमता यसमा रहेको छ । यसमा १५ दशमलव ५ लिटर इन्धन अट्ने क्षमता रहेको छ ।
रातिको समयमा हिँडने यात्रुलाई यो मोटरसाइकल बढी उपयोगी हुने विश्वास कम्पनीले लिएको छ । अन्य मोटरसाइकलको तुलनामा बढी तेल दिने दाबी पनि कम्पनीले गरेको छ ।
सधैँ जसो भइरहने पेट्रोलको आपूर्ति कमिलाई पनि यसले सहज रूपमा समाधान गर्न मद्दत पुर्‍याउने विश्वास कम्पनीले गरेको छ । यो स्कुटर महिला तथा पुरुष दुवैका लागि उपयोगी छ । यसमा ४ आकर्षक रङ रहेका छन् ।
राजधानीमा आयोजित समारोहमा ओभरसिज सेल्स डिभिजनका डिपार्टमेन्ट हेड हिदेतो किवामुरा, एक्पोर्ट मार्केटिङ इन्डियाका प्रबन्धक हिमांशु शर्मा, मार्केटिङ एन्ड सेल्स डिभिजनका सो फुसिमी, एमएडब्लु इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, बिजनेस–हेड सुरज मानन्धरलगायतको उपस्थिति रहेको थियो । यसको बजार मूल्य १ लाख ५८ हजार ९ सय रुपियाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया