नक्कली एटीएम प्रयोग गर्ने भारतीय प्रक्राउ

Atmकाठमाडौं, २६ चैत । नक्कली एटीएम कार्ड प्रयोग गरेर रकम निकाल्ने तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनीहरुले नेपाल र भारतका एटीएम मसिनबाट रकम निकाल्ने गरेको प्रहरी भनँई छ । प्रहरीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको छ । उनीहरु कन्चनपुरको भीमदत्त नगरपालिका–४, महेन्द्रनगरबाट चैत–११ गते पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको नैनीताल ग्राम, ईन्द्रनगर–१, हल्दानीका १८ वर्षीय सुरेश सिंह विष्ट, २३ वर्षीय मोहनसिंह विष्ट र २६ वर्षीय चन्द्रसिंह विष्ट छन् ।
नक्कली एटीएम प्रयोग गरेर रकम निकाल्ने कार्यमा संलग्न भारतीय नागरिक सुरज गुरुङ फरार छन् । गुरुङले आफ्नो घर काठमाडौंमा पनि रहेको साथीहरुलाई वताउने गरेको प्रहरीले उल्लेख गरेको छ ।
उनीहरुको साथबाट डाइनर्स क्लव इन्टरनेशनल लेखिएको नक्कली डेविट कार्ड २८ थान, पन्जाव नेशनल बैंकको एटीएम कार्ड १ थान, भारतीय सवारी प्लेट नम्बर युके ०४ एलओ ३५१ को कार, ६६ हजार ६ सय नेपाली रुपियां र ९ हजार ९ सय ७० भारतीय रुपियां समेत बरामद भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट मात्रै हालसम्म २६ थान एटीएमबाट आर्थिक अनियमितता भएको प्रहरीले जनाएको छ । नेपालका अन्य विभिन्न बैंकहरु पनि सो ठगीमा परेका छन् ।

प्रतिक्रिया