कतिपयले त सेक्स प्रस्ताव नै राख्छन्

Deepaantaसांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब सात वर्ष भयो होला । यस क्षेत्रबाट धेरै किसिमका फ्यान पाएकी छु । प्राय: फ्यान मेरा सकारात्मक सोच भएकै छन् । जतिबेला म पहिलो एल्बमका साथमा सांगीतिक क्षेत्रमा आए । त्यतिबेला मेरा फ्यान टिनेजर नै बढी थिए । तर, पछिल्लो समय मेरो दिलको बदला एल्बम बजारमा आएदेखि भने सबै किसिमका फ्यान भएका छन् ।
विशेषत: फ्यानसँग मिल्ने अवसर भनेको कार्यक्रम नै हो । करिब सयको हाराहारीमा स्टेज कार्यक्रम गरँे होला आजसम्म मैले । ती कार्यक्रममा फ्यानसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर पाएकी छु । फ्यान मेरा गीत र स्वर दुबैको तारिफ गर्छन् । कतिपय फ्यानले सुन्दरताको समेत बयान गर्न पछि पर्दैनन् । कति फ्यान यस्ता छन् जो कुम जोडेर फोटो खिचाउनसमेत अनुरोध गर्छन् । केही केटी फ्यानका त गायनमा लाग्ने चाहना पूरा गर्न मैले उनकै परिवारलाई सम्झाएकीेसमेत छु ।
त्यस्तै, मिति ठ्याक्कै याद भएन । म राष्ट्रिय सभागृहको कार्यक्रममा सहभागी भएर घर जाँदै थिएँ । एउटा केटाले मलाई फलो गरेको देखँे । पछ्याएको देख्दा नराम्रो सोच पनि आयो । तर, केही समय उसको फलो पछि हामी आमने–सामने भयौ । भेटमा उनी भन्दै थिए, म तपाईंको ठूलो फ्यान हुँ । स्वर निकै मन पर्छ, फोन नम्बर पाउन सक्छु । तर, मैले उसको कुरा पत्याउन सकिनँ । मलाई रिस उठ्यो । केही नबोली घरतिर लागेँ । तर, त्यो केटाले पछ्याउन छाडेन । मेरो घरनजिकको पसलबाट उसले फोन नम्बर लगेछ । पछि फोन गरेर मेरा गीतको प्रशंसा पनि गर्‍यो । उसको प्रसंशाले मेरो मन पग्लियो । सोचँे त्यति ठूलो फ्यानलाई बेकारमा हेँला गरेछु ।
अनगिन्ती फ्यानमध्ये मलाई एसएलसी दिएका र प्लस टु अध्ययनमा रहेकाले नै बढी विवाहको प्रस्ताव राख्छन् । सायद उनीहरूलाई थाहा छैन कि म प्सस टु पढाउँछु भन्ने । जोवन त मेरो २३ को भइसक्यो । तर, १७–१८ वर्षका केटाहरूले नै बढी विवाहका प्रस्ताव राख्छन् । मेरो जन्मदिन फ्यानहरूलाई सधँै याद हुन्छ । यो दिन उनीहरू मलाई भेटेरै शुभकामना दिन्छन् । केही वर्षअगाडि एक फ्यानले जन्मदिनको गिफ्ट बर्थडे केक घरमै पठाएका थिए । त्यसमा लेखिएको थियो म तपार्इंको सबैभन्दा नजिकको फ्यान हुँ, साथमा थियो मेरो आफ्नै गीतको बोल पनि ‘दिलको बदला दिए चोटको बदला चोट दिन्छु ।’
पछिल्लो समय फ्यानसँग मिल्ने गतिलो माध्यम फेसबुक भएको छ । तर, फ्यानसँग च्याट गर्दिनँ म । फ्यानका धेरै म्यासेज आउने भएकाले भ्याएसम्म जवाफ फर्काउने गरेकी छु । समय अभावले कहिलेकाहीँ म्यासेज रिप्लाई गर्न भ्याउँदिनँ । कतिपय फ्यान यस्ता पनि छन्, जो भेट्ने अनि चिया, कफी खाने अफर गर्छन् । केही फेसबुकमा साथी बनाउँछन् र तुरुन्त फोन नम्बर माग्छन् । तर, म त्यसरी फोन नम्बर दिन्नँ । नम्बर नपाउँदा उनीहरू अपशब्द लेख्छन् भन्छन्, घमण्डी † जे भए पनि नराम्रो प्रस्ताव अहिलेसम्म आएको छैन । सुन्छु कति सेलिब्रेटीलाई फ्यानले सेक्स प्रस्ताव राख्छन् रे † तर मलाई आजसम्म त्यस्तो प्रस्ताव आएको छैन । फ्यानहरूकै लागि बेलुकीको समय एक घन्टा फेसबुकलाई छोट्याएकी छु ।
मेरो हजुरबुबासरहका एक फ्यान हुनुहुन्छ । उहाँलाई म हजुरबुबा भनेरै सम्बोधन गर्ने गरेकी छु । एक एफएममा अन्तर्वार्ता दिन जाँदा उहासँग परिचय भएको हो । साखुको स्थानीय बासिन्दा उहाँले एफएम कार्यक्रममा मेरो गीतका लागि रिक्वेस्ट गर्नुभएको थियो । उहाँको नाम हो नारायण श्रेष्ठ । साखु मन्दिरमा गएका बेला म जहिले पनि ती हजुरबुबालाई नभेटी फर्किन्न । म एक वाक्य थ्याङ्समार्फत उहाँहरूको आभार प्रकट गर्न चाहन्छु । म यो स्थानमा आउनुको पछाडि तपार्इंहरूकै हात छ । मलाई लाग्छ, कलाकारका लागि फ्यान भनेका भगवान् हुन् ।

प्रस्तुति : विशाल राई

प्रतिक्रिया