एनसेल रिचार्जमा उपहार योजना

ncellकाठमाडौ : एनसेलले प्रिपेड ग्राहकका लागि ‘रिचार्जमा उपहार’ नामको योजना ल्याएको छ । २६ चैतदेखी दश सातासम्म जारी रहने यस योजनामा एकपटकमा १ सय वा सो भन्दा बढिको रिचार्ज गर्ने ग्राहकले लक्की ड्र मार्फत हरेक साता एउटा कार, पााच तोला सुन र मोटसाईकल जित्न सक्ने कम्पनीले जनाएको छ । साथै ५ हजार ००० जना अन्य भाग्यशाली ग्राहकले पनि १ सय वोनस व्यालेन्स पाउने बिज्ञप्तीमा उल्लेख छ ।

एकपटकमा १ सय वा सो भन्दा बढिको रिचार्ज गर्ने ग्राहक स्वत: यस योजनामा सहभागी हुनेछन् । एक साताभित्र एक पटक १ सय रुपियाको रिचार्ज गर्ने ग्राहकले एउटा टिकट प्राप्त गर्नेछन् भने २ सय रुपियाको रिचार्ज गरेमा २ वटा टिकट प्राप्त गर्नेछन् ।
नयाा वर्ष २०७० मा पनि आफ्ना ग्राहकलाई गुणस्तरिय सेवाका साथै अझै आकर्षक अफरहरु प्रदान गर्ने प्रतिवद्धता स्वरुप यो योजना ल्याइएको एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले बताएको पनि बिज्ञप्तीमा उल्लेख छ । यस योजनामा एनसेलका सम्पूर्ण प्रिपेड ग्राहक सहभागी हुन सके पनि पोष्टपेड र डाटा कार्डका ग्राहकलदे भने सहभागी हुन नसक्ने एनसेलले जनाएको छ ।

प्रतिक्रिया