असारमा चुनाव नहुने भो : खनाल

Ayodhiprashad-Yadavकाठमाडौं, २६ चैत । निर्वाचन आयोगले आगामी असारमा संविधानसभाको चुनाव हँुदैन भनेर भनिराख्नु नपर्ने जनाएको छ । दलहरूबीचको मतभेदका कारण चुनावको मिति तय हुन नसकेको उसको ठहर छ ।

‘आयोगले यो वा त्यो मितिमा चुनाव गर्न सकिँदैन भनेर भनिराख्न जरुरी छैन,’ निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आइतबार सौर्यसँग भने । चुनाव गर्ने भन्नेमा सबै दल एकमत रहे पनि मिति तय गर्ने विषयमा उनीहरूको फरक–फरक धारणा रहेको यादवले बताए ।
असारमा चुनाव गर्न छोटो समयमा धेरै चुनौती पार गर्नुपर्ने आयुक्त यादवले बताए । विद्यमान अवस्थालाई ख्याल गर्दा असारमा चुनाव हुन कठिन हुने उनको भनाइ छ । ‘असारमा चुनाव हुनै सक्दैन भन्ने त होइन तर त्यसका लागि थुप्रै चुनैती पार गर्नुपर्छ । हामी त्यो सक्छौँ कि सक्दैनौँ भन्ने हो,’ उनले भने ।

प्रतिक्रिया