एमाओवादीद्धारा कांग्रेस नेता माथि आक्रमण

NC flag1काठमाडौं, २४ चैत । धादिङ जिल्लामा एमाओवादीका कार्यकर्ताले कांग्रेसका जिल्ला कार्यसमिति सदस्य जेम्स परियारलाई सांघातिक आक्रमण गरेर घाईते बनाएका छन् ।
दार्खा गाविस वडा नम्वर ९ निवासी परियारलाई एमाओवादीका मैजा तामाङसहितको समूहले आज विहान दश बजे कुटपिट गरेको कांग्रेसद्धारा जारी विज्ञप्तिम उल्लेख छ ।
बाटो ढुकेर बसेका एमाओवादीका कार्यकर्ताले परियारलाई खुकुरी, खुडालगायतका घरेलु हतियारले प्रहार गरेको कांग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कुटपिटमा दार्खा गाविस वडा नम्वर आठ निवासी मैजा तामाङ, चर्को तामाङ, दुर्गा तामाङ, आशे तामाङलगायतका एमाओवादीका कार्यकर्ता रहेको कांग्रेसको आरोप छ ।
परियारलाई ज्यान मार्ने उदेश्यका साथ खुकुरी प्रहार भएको कांग्रेसले जनाएके छ । घटनाको भत्र्सना गर्दै धादिङ कांग्रेसले दोषीलाई पक्राउ गरेर कारबाहीको माग गरेको छ । नेता परियारको अवस्था गम्भीर छ ।

प्रतिक्रिया