रुकुम, २३ चैत । रुकुम जिल्लाको माग्गा गाविसको गोरेकाँडामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
विहीबार राति करिव आठ बजे आठबीसकोटबाट झुला गाबिसको गाराघाट तर्फ आउँदै गरेको लु २ त ९९४७ टयाक्टर दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको हो ।
ट्याक्टर गोरेकाँडाको मोडमा नियन्त्रण गुमाई दुर्घटना भएको थियो । मृत्यु हुनेमा माग्मा गाविस वडा नम्वर ९ का ९ का ५५ बर्षीया कविराम खनाल, ४० बर्षीया काशीराम खनाल, मग्मा गाविस वडा नम्वर १ का ३५ बर्षीया रातो खत्री र ४० बर्षीया सर्जन खत्री रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख नायव उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया