बेनुले ल्याउने भइन् चोखो माया

काठमाडौं : गायिका बेनु राउत एल्बम ‘चोखो माया’ ल्याउने तयारीमा छिन् । उनको यो एल्बम चाँडै नै बजारमा आउँदै छ । सानैदेखि गायिका बन्ने सपना बोकेर सांगीतिक क्षेत्रमा होमिएकी बेनु मामा र भिनाजुको प्रेरणाले यही क्षेत्रमा अघि बढ्न हौस्याएको बताउँछिन् ।
धेरै साधना र संघर्षपछि ‘चोखो माया’ एल्बम तयार पार्न सफल भएको उनले बताइन् । आफूले हरेक प्रकारको गीत गाउने गरेको बताउने उनले ‘चोखो माया’ एल्बममा रहेका सबै गीतहरू उत्कृष्ट हुने दाबी गर्दै भनिन्, ‘एल्बमका अधिकांश गीतले श्रोताको मन छुने छ ।’
एल्बम सार्वजनिक गर्ने कार्यक्रममा म्युजिक भिडियोसमेत सार्वजनिक गर्ने सोचाइले उनले गीतका भिडियो पनि बनाएकी छन् । स्वदेश तथा विदेशमा हुने विभिन्न सांस्कृतिक एवं सांगीतिक कार्यक्रमका अनुभव समेत लिइसकेकी बेनु आºनो स्वरको जादूमार्फत श्रोतामा गतिलो छाप छोड्न सफल छिन् ।
जवानीको दोष, पल्लो गाउँको, हाँसी राख, र देखेको लोसारमा, बोलका गीत उनको यो एल्बममा समाविष्ट छन् । गीतका प्रचार–प्रसारका लागि उनले भिडियो पनि निर्माण गरेकी छन् । गीत मिडियाबाट प्रसारणमा आएपछि आºनो चर्चा चुलिने उनले अनुमान लगाइन् । (सौस)

प्रतिक्रिया