केसा ग्रुप–जेटीआई जुनियर खुला टेनिस अजा र मानवी फाइनलमा

काठमाडौं, २३ चैत । अजा रेग्मी र मानवी शाह पाँचौ केसा ग्रुप–जेटीआई जुनियर खुला टेनिस प्रतियोगिताको यु–८ गल्र्स सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा अजाले सुवासी श्रेष्ठलाई १०–८ र १०–३ ले पाखा लगाइन् । मानवीले दिभाबाट वाक ओभर पाइन् ।
यु–८ ब्वाइज सिंगल्समा अदित सुवेदीले सूर्यदित्य राणालाई १०–६, ६–१० र १०–८, साम्तेन वैद्यले सलिल इलिमलाई १२–१० र १०–५ तथा रनभ सिंहले सत्यध्वज कार्कीलाई ८–१०, १०–६ र १०–८ ले पराजित गरी सेमिफाइनलमा पुगे । अर्की जुवेन राउत पनि आर्यन तमोरबाट वाक ओभर पाउँदै अन्तिम चरणमा पुगे ।
यु–१० ब्वाइज सिंगल्समा सम्यक्भूषण वज्राचार्यले आदित्य सुवेदीलाई ८–१, सुलभ धितालले राहुल सिंहलाई ८–१, उत्सव थापाले वरदान बस्नेतलाई ८–३ तथा आदित सुवेदीले उत्सव खड्कालाई ८–५ ले हराएर सेमिफाइनलमा स्थान पक्का गरे ।

प्रतिक्रिया