एमाओवादीद्वारा वन कार्यालयमा आक्रमण

Rautahat Districtरौतहट, २२ चैत । एमाओवादीका कार्यकर्ताले जिल्ला वन कार्यलय रौतहटमा आक्रमण गरेर क्षति पुराएका छन् ।
नाराबाजी सहित पुगेका एमाओवादीका कार्यकर्ताको प्रदर्शन नियन्त्रण बाहिर जान थाले पछि प्रहरीले बल प्रयोग गरेर तितरवितर बनाएको छ । आक्रोशित एमाओवादीका कार्यकर्ताले वन कार्यालयमा तोडफोड गरी आगजनी समेत गरेका छन् । आक्रमणबाट वन कार्यालयको बा १ झ ८२४७ नम्बरको गाडीमा क्षतिपुगेको छ ।
चार दिन अघि एमाओवादीका स्थानीय नेता हरि पौडेलले घर बनाउन राखेका झ्यालढोका वन कार्यालयले अबैध रहेको भन्दै बरामद गरेपछि उनीहरुले कार्यलयमा आक्रमण गरेका हुन् ।

प्रतिक्रिया