अवस्था ‘क्रिटिकल’ छ : आयोग

elecation commition 1काठमाडौं, २२ चैत । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले असार पहिलो साताभित्र चुनाव हुने सम्भावना अत्यन्तै कम रहेको बताएका छन् । चुनावका लागि आवश्यक तयारी र चुनावी

वातावरण नबनेकाले त्यस्तो सम्भावना बढेको उनको भनाइ छ । यद्यपि, त्यत्ति कारणले ‘चुनाव गर्न सकिन्न’ भन्ने पक्षमा पनि आफू नरहेको उनले बताए ।
‘असारमा निर्वाचन सम्पन्न गर्न जति तयारी पूरा गर्नुपर्ने हो, त्यो पूरा नभएकाले चुनाव हुनसक्ने सम्भावना नदेखिएको हो । तर, काम भएको छैन र राजनीतिक वातावरण बनेको छैन भनेर असारमा निर्वाचन गर्न सकिँदैन भन्ने अवस्थामा पनि म छैन,’ प्रमुख आयुक्त उप्रेतीले बुधबार सौर्यसँग भने ।
राजनीतिक, प्राविधिक तथा अन्य समस्याका कारण असारमा चुनाव हुन्छ कि हुँदैन भन्ने कुरा प्रतिशतका आधारमा भन्न सकिने अवस्था अहिले नरहेको उप्रेतीको भनाइ छ । ‘तत्काल राजनीति वातावरण बनी कानुन संशोधन भएर आएमा र मतदाता नामावली फाइनल गर्न सकेमा असार दोस्रो सातासम्ममा पनि जबरजस्ती निर्वाचन गर्न सकिने सम्भावना देखिन्छ,’ उनले भने । ‘क्रिटिकल’ अवस्था भएकाले असारमा निर्वाचन हुने/नहुने अहिले नै प्रस्ट भन्न नसकिने उनले बताए ।

प्रतिक्रिया