क्वायर उद्योगमा रहस्यमय आगलागी

भैरहवा, २१ चैत । रुपन्देहीको बसन्तपुर–७ मा रहेको लुम्बिनी क्वायर ईण्डष्ट्रिजमा रहस्यमय आगलागी भएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आज बिहान साढे ६ बजे लागेको आगलागीबाट उद्योग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । आगलागीबाट करौडौंको नोक्सानी भएको उद्योग सञ्चालक सञ्चीत अग्रवालले जानकारी दिए ।
ड्युरो फ्ल्याक्स ब्राण्डका म्याट्रिस एवं वेडकासाथै बिभिन्न किसिमका गत्ता उत्पादन गर्दै आएको सो उद्योगमा बिद्युत सर्ट भई आगो लागेको सञ्चालकले दाबी गरेका छन् ।
आगलागीबाट करिब १० करोडको क्षति भएको उद्योगका डाईरेक्टर सञ्जीत अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया