रेग्मी र दाहालबीच बालुवाटारमा भेटबार्ता

Baluwatar Pmकाठमाडौं, २१ चैत । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ ।
बालुवाटारमा आज विहान भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका बारेमा कुराकानी भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले असारमै निर्वाचन गर्ने गरी मिति घोषणा गरेर तयारीमा जुट्न सुझाव दिए ।
जवाफमा अध्यक्ष रेग्मीले आफू तोकिएकै समयमा निर्वाचन गराउने पक्षमा रहेको प्रतिवद्धता जनाए । उनले केही राजनीतिक समस्या रहेको भन्दै निर्वाचनको वातावरण बनाई दिन दाहालसँग आग्रह पनि गरे ।
असारको पहिलो साता संविधानसभाको दोस्रो निर्वाचन गर्ने तयारी भईरहेका बेला रेग्मी र दाहालबीच परामर्श भएको हो । अध्यक्ष दाहालले निर्वाचन मंसिरमा सार्न लागेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया