‘द सुप्रिम ह्युमन’ नेपाली र अंग्रेजीमा

The-Suprimकाठमाडौं : ‘द सुप्रिम ह्युमन’ नामक औपन्यासिक कृति नेपाली र अंग्रेजी दुवै भाषामा आउने भएको छ । लेखक रमेश पौडेलद्वारा लिखित यो पुस्तक नेपाली संस्करण डिकुरा पब्लिकेसनबाट र अंग्रेजी संस्करण डोरेन्स पब्लिकेसन अमेरिकाले प्रकाशनमा ल्याउन लागेका हुन् ।
पुस्तकको नेपाली संस्करण चैत मसान्तभित्रै बजारमा ल्याउने डिकुरा पब्लिकेसनले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
यस पुस्तकको अंग्रेजी संस्करण अमेरिकाको डोरेन्स पब्लिकेसनले प्रकाशन गर्ने जानकारी पनि कार्यक्रममा गराइयो । डोरेन्स पब्लिसिङबाट भने यो पुस्तक तीन महिनापछि मात्र बजारमा आउनेछ ।
डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले यो उपन्यास परिष्कृत आधुनिकतावाद (सुपर मोर्डनिज्म) मा आधारित रहेको र यो नयाँ विचारधारा भएको बताए । विज्ञान कथामा आधारित यस उपन्यासमा सेक्स, साइन्स र सक्सेस (यौन, विज्ञान र सफलता) लाई आधारभूमि बनाइएको छ र यो चलनचल्तीका र आमउपन्यासभन्दा पृथक रहेको उनले जानकारी गराए । पुस्तक प्रकाशनपछि विश्व साहित्यमा नेपाली लेखकको दरिलो उपस्थिति हुने उनले दाबी गरे । यो सशक्त उपन्यास भएकाले डिकुराले प्रकाशन गर्न लागेको प्रसाईंले थपे । तीन सय चार पेजको यस कृतिको मूल्य ३ सय ५० रुपियाँ रहने पनि उनले बताए ।
कार्यक्रममा उपन्यासका लेखक रमेश पौडेलले आफ्नो कृति विज्ञान र मानव शक्तिमाथि विश्वासमा आधारित भएको बतााए । यो उपन्यासबाट मनोरञ्जन, ज्ञान, प्रेरणा मिल्ने उनको धारणा थियो । पौडेलले कृति तयार गर्न दुई वर्ष लागेको पनि बताए । (सौस)

प्रतिक्रिया