माओवादीसहित ३३ दलद्वारा सिंहदरबार घेराउ

Simhadarbarकाठमाडौं, २० चैत । प्रमुख चार राजनीतिक शक्तिवीच भएको सहमति खारेजी र अन्तरिम मन्त्रिपरिषद् विघठनको माग गरेर नेकपा–माओवादीसहित साना ३३ दलले आज सिंहदरवार घेराउ गरेका छन् ।
सिंहदरबार घेराउका कारण राजधानीको यातायात व्यवस्था प्रभावित भएको छ । सवारी आवागमन प्रभावित हुँदा यात्रुले केही समय सास्ती बेहोर्नु परेको थियो ।
विभिन्न स्थानमा जम्मा भएका प्रर्दशनकारीले सिंहदरबार प्रवेशमा रोक लगाएको नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषालले जानकारी दिईन । घेराउ बिहान ९ बजे देखि ११ बजेसम्म भएको थियो ।
भद्रकाली, कालिकास्थान, बबरमहल, हनुमानस्थान, थापाथली, बबरमहल, पद्मोदय मोडलगायतका स्थानमा ३३ दलका कार्यकर्ताले धर्ना दिएका थिए ।

प्रतिक्रिया