मिंगस्ले ल्याइन् इट्स ह्यापेन्स

3काठमाडौं : गायिका मिंगस् लामाले इट्स ह्यापेन्स नामक एल्बम बजारमा ल्याएकी छन् । सानैदेखि गायन तथा नृत्यमा रुचि राख्ने लामाले गोपाल योञ्जन, उदय सोताङ, प्रमोद निर्वाण लगायतका व्यक्तित्वसागको लामो समयको संगीतको प्रशिक्षणपछि मात्र एल्बम ल्याएकी हुन् ।
च्याङ्वा, मेरो मन, जन्म जन्म, कस्तो माया बस्यो, कस्तो माया लाएछु र सम्झना बोलका ६ गीत एल्बममा समाविष्ट छन् । यी गीतमा क्रमश: शंकर अधिकारी घायल, ओमविक्रम विष्ट, सन्दीप पुडासैनी, कमलमान सिंह, प्रमोद निर्वाण र नवीनमान ब्लोनका शब्दरचना रहेका छन् । यी गीतमा संगीत भने शंकर पौडेल, ओमविक्रम विष्ट, सन्दीप पुडासैनी, कमलमान सिंह, प्रमोद निर्वाण र नवीनमान ब्लोनले दिएका छन् ।
एल्बमको ‘कस्तो माया बस्यो’ बोलको गीतको भिडियो समेत तयार छ । पल शाह र प्रशंसाले भिडियोमा अभिनय गरेका छन् । भिडियो विकास सुवेदीको निर्देशनमा तयार भएको हो । (सौस)

प्रतिक्रिया