ग्रेट हिमालयन ट्रेल

काठमाडौं : विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा ६ सदस्यीय टोली ‘ग्रेट हिमालयन
ट्रेल’ मा निस्कँदै छन् । ट्रेल दार्चुलादेखि सुरु भई इलामको पशुपतिनगरमा पुगेर टुंगिनेछ । टोलीका अन्य सदस्यहरूमा भीमसेन शाह, बेन वाडिङ्टन, क्रिस एबोट, नितेश सुवेदी तथा राजकुमार तामाङ रहेका छन् । साइकल यात्राबाट उनीहरूले ४५ दिनमा ट्रेल पूरा गर्ने लक्ष्य रहेको पुष्करले बताए । ट्रेल अप्रिल ५ तारिखदेखि सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव एवं पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष युवराज लामाले टोलीलाई सोमवार बिदाइ गरे । सदस्य–सचिव लामाले टोलीलाई सहयोगस्वरूप २५ हजार रुपियाँ प्रदान गर्ने घोषणा गरे । नेपालको तर्फबाट टोलीका प्रत्येक सदस्यलाई ५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको थियो भने पर्वतीय खेलकुद महासंघको झन्डा पनि प्रदान गरिएको थियो । (सौस)

प्रतिक्रिया