महासंघलाई समानुपातिक सिट पुगेन

janajati maha shangकाठमाडौं, १९ चैत । संविधासभा निर्वाचनमा समानुपातिक प्रतिनिधितर्फको सिट संख्या घटाउने सहमति विरुद्ध नेपाल आदिवासी जनजाति महासंघसहित बिभिन्न जातीय संगठनहरुले प्रमुख चार राजनीतिक शक्तिलाई आज ज्ञापनपत्र बुझाएका छन् ।
-यालीसहित चारै राजनीतिक शक्तिको कार्यलयमा पुगेका जातीय संगठनहरुले समानुपातिक तर्फको सभासद संख्या नघटाउन माग गरे । समानुपातिक तर्फको सभासद संख्या घटाउन प्रमुख चार राजनीतिक शक्तिले सहमति गरिसकेका छन् ।
महासंघका अध्यक्ष राजकुमार लेखीले समानुपातिक प्रतिनिधित्वतर्फको संख्या घटाएर संविधानसभाको निर्वाचन गर्न खोजिए सबै दलको हार हुने निश्चित रहेको दाबी गरे ।
‘हामी समानुपातिक सिट संख्या घटाउने निर्णयको घोर बिरोध गर्छौ,’ उनले भने, ‘हाम्रो खवरदारीलाई बेवास्ता गरे सबै राजनीतिक दलहरुले पछुताउनु पर्ने छ ।’

प्रतिक्रिया